- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।
बैठकमा प्रस्तावित निर्वाचन आयुक्तका विरुद्धमा प्राप्त उजुरीहरूका सम्बन्धमा उजुरीकर्ताहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
गत असार २ गते बसेको संवैधानिक परिषद् बैठकले रिक्त रहेको निर्वाचन आयुक्त पदमा नेपाल कानून समाजका कार्यकारी निर्देशक प्रधानलाई सो पदका लागि सिफारिस गरेको थियो भने समितिको असार ७ गते बसेको बैठकले उनमाथि उजुरी आह्वान गर्दै १० दिने सूचना जारी गरेको थियो ।
निर्वाचन पर्यवेक्षकको रूपमा समेत काम गरिसकेका प्रस्तावित निर्वाचन आयुक्त प्रधानको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।