arrow

निर्वाचन आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाइ स्थगित [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २० बिहिबार
sunuwai-samiti-03-18.jpg

काठमाडौँ । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाइ स्थगित गरिएको छ । बिहीबार सिंहदरबारमा संसदीय सुनुवाइ समितिको बैठक बसे पनि उजुरीकर्ताहरूको कुरा सुनेसँगै अनिश्चित कालका लागि संसदीय सुनुवाइ स्थगित गरिएको हो । 

बैठकबारे जानकारी गराउँदै समितिका ज्येष्ठ सदस्य सभापति पशुपति शमशेर जबराले आजको बैठकमा उजुरीकर्ताहरूसँग सोधपुछ भएको र उजुरीकर्ताले आफ्ना धारणा राख्ने काम भएको बताए ।उनले उजुरीकर्ताहरूले राखेको धारणामा विचार विमर्श गर्न थप समय चाहिने भएकाले अनिश्चितकालका लागि सुनुवाइ स्थगित गरेको बताए ।उनले समितिले नाम अनुमोदन मात्रै गर्ने भए पनि अनुमोदनका लागि समेत समय चाहिएकाले समय थप गर्ने निर्णय भएको बताए ।

उनले भने, ‘सोधपुछ भयो,उहाँहरूले आएर आफ्ना कुरा राख्नुभयो । जिज्ञासाहरू धेरै थिए । धेरै कुरा राख्नुभयो । अहिलेका लागि यी सबै कुराको विचार विमर्श गर्न थप समय चाहिएको हुनाले अहिले कुन दिन भनेर नतोकी यो कुरालाई अहिलेको लागि स्थगित गरेका छौँ । उजुरीकर्ताहरूले आफूले बोलेको कुरा सार्वजनिक नगर्ने आधारमा कुरा गर्नुभएको थियो । कुराहरू महत्त्वपूर्ण छन् । निर्वाचन आयोग जस्तो संवैधानिक पद अत्यन्त डिग्निफाइट पद हो । हामीले अनुमोदन मात्रै गर्ने हो, अनुमोदन गर्न पनि थप समय लिने र थप विचार विमर्श गर्ने भनेका छौँ । थप समय लिने भन्ने निर्णय समितिले गरेको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ