arrow

रवि लामिछाने विरुद्धको मुद्धामा सपना र सारंगाको राय बाझियो, गयो पूर्ण इजलासमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २० बिहिबार
ravi-lamichhane-81-1-29.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएको छ । न्यायाधीसद्वय सपना मल्ल प्रधान र सारंगा सुवेदीको राय बाझिएको हो । 

दुई न्यायाधीशबीच मतान्तर भएपछि यो मुद्दाको छिनोफानो हुन सकेन । अब यो मुद्दा पूर्ण इजलासमा जाने भएको छ ।

गृहमन्त्री लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए । सो मुद्दामा अधिवक्ता भट्टराई र सहकारी पीडितका तर्फबाट मंगलबार जवाफी बहस भएको थियो। आज केही अधिवक्ताले जवाफी बहस गरेका थिए ।

अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानविन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै गत जेठ १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्नसमेत माग गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ