arrow

कांग्रेस र एमालेको समीकरणलाई झलनाथले दिए दलाल पूँजीवादको संज्ञा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २१ शुक्रबार
jhalnath-khanal-03-21.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेले दलाल पूँजीवादसँग अँगालो मारेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौँमा महाधिवेशन सम्पन्न समारोहमा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएको समीकरणलाई उनले दलाल पूँजीवादको संज्ञा दिए । 

उनले नेपाली कांग्रेसलाई दलाल पूँजीवादको संज्ञा दिँदै उनले कांग्रेससँग अँगालो मार्ने पार्टीले जनता र राष्ट्रको हित गर्न नसक्ने जिकिर गरे । उनले अहिले नेकपा एमालेभित्र भूकम्प गएको बताए । नेकपा (एकीकृत समाजवादी) को विकास र विस्तारलाई रोक्न सक्ने शक्ति कुनै नरहेको जिकिर गरे ।

उनले भने, ‘हाम्रो पार्टीको विकास र विस्तारलाई रोक्न सक्ने यो देशमा कुनै शक्ति छैन । हरेक हिसाबले हाम्रो पार्टी अघि बढ्ने अवस्थामा छ । कम्युनिष्ट आन्दोलनमा अहिले दक्षिणपन्थी अवसरवाद र दक्षिणपन्थी यथास्थितिवाद हाबी छ । आम कार्यकर्ताहरूले नयाँ विचार खोजिरहेका छन् । सही नेतृत्व खोजिरहेका छन् । सही पार्टी खोजिरहेका छन् । स्वयं नेकपा एमालेभित्र अहिले कार्यकर्ताहरूमा एक किसिमको भूकम्प गइरहेको छ । जुन प्रकारको नेतृत्व छ, त्यो नेतृत्व अब दलाल पूँजीवादसँग अँगालो मार्दैछ कमरेडहरू । दलाल पूँजीवादसँग अँगालो मार्ने कुनै पनि कम्युनिष्ट पार्टीले जनता र राष्ट्रको हित गर्न सक्दैन । यो कुरा नेकपा एमाले पार्टी ३ लाख ५० हजार सदस्यहरूले अब आजदेखि नै गम्भीरतापूर्वक सोच्नुपर्नेछ । त्यो पार्टीभित्र व्यापक रूपान्तरणको अभियान चल्नेछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ