arrow

काठमाडौँका नदीहरूमा बाढी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २२ शनिबार
flood-ktm.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा भारी वर्षा भएसँगै जनजीवन प्रभावित बनेको छ । शुक्रबार रातीदेखिको  अविरल वर्षापछि काठमाडौँ का नदीहरूमा बाढी आएका छन् ।   

काठमाडौं उपत्यकाका बागमती, विष्णुमती नदीमा बाढी आएको छ । नदी छेउका बस्तीहरूलाई शतर्कत रहन आग्रह गरिएको छ । ललितपुरका धापाखेल, शंखमुल लगायतका नदी किनार छेउका सुकुम्वासी बस्तीमा बाढीका जनजीवन प्रभावित भएको छ । 

साथै नदी छेउका सडकहरू डुबानमा परेका छन् । मनसुनी वायुको प्रभावले देशभर अहिले पूर्णतया बदली रही वर्षा भइरहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले भारी वर्षा भइरहेको छ । यी प्रदेश भएर बहने नदीहरूमा जल सतह बढ्नुको साथै विभिन्न स्थानमा पहिरो जाँदा सडकहरू अवरुद्ध भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ