लक्ष्मी सन्राइज बैङ्कले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार
हाम्रा कुरा
प्रकाशित २०८१ असार २३ आइतबार
966
Shares
तस्बिर : फाइल
काठमाडौँ। लक्ष्मी सन्राइज बैङ्कले काठमाडौँ जिल्लाको कागेश्वरी मनोहरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ। काठमाडौँ जिल्लाको बौद्धमा रहेका २ शाखा मध्ये गोकर्णेश्वर नगरपालिका वडा न.६ स्थित शाखा कागेश्वरी मनोहरा नगरपालिका वडा न.५ को थलीमा स्थानान्तरण गरिएको छ। स्थानान्तरण गरिएको साबिकको बौद्ध शाखाका ग्राहकहरूले सोही ठाउँमा रहेको बौद्ध पिपल बोटको शाखा (हालको स्थान बाट ४०० मिटर) मार्फत सेवा लिन सकिने बैङ्कले जनाएको छ।
स्थानान्तरण भए सँगै लक्ष्मी सन्राइज बैङ्कले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैङ्किङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ। स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैङ्किङ सेवाहरू प्रदान गर्नेछ।
हाल लक्ष्मी सन्राइज बैङ्कको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३१६ एटिएम, २८ एक्सटेन्सन काउन्टर र १२८ शाखारहित बैङ्किङ एजेन्ट रहेका छन्।