- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकार संसदप्रति उत्तरदायी नभएको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै लेखकले सरकारका मन्त्रीहरु संसदमा आउन छोडेको र बाढी पहिरोबाट भएको क्षतिबारे अहिलेसम्म जानकारी नगराएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
लेखकले सरकार अल्पमतमा परेको र विश्वासको मत लिने तयारी गरेको छ, तर पनि पदमा रहुन्जेल संसद र जनताप्रति उत्तरदायी हुनुपर्ने बताउदै बाढी पहिरोको क्षतिको संसदलाई जानकारी दिन आग्रह गरेका छन् ।
आजकै बैठकमा कांग्रेस सांसद एनपी साउदले कैलाली कन्चनपुरमा अहिलेसम्मकै बढी वर्षा भएको बताउँदै सरकारले तत्काल राहत र उद्धारको काम अगाडि बढाउन माग गरेका थिए ।