arrow

सांसद थापाले गराइन् बाल संगठनको उचित व्यवस्थापन गर्न ध्यानाकर्षण 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २५ मंगलबार
kusumdevi-thapa.jpg

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापाले बाल संगठनको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । 

मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले शारीरिक तथा मानसिक अशक्त बालिगको स्थानान्तरण तथा व्यवस्थापन गर्ने सन्दर्भमा सरकारलाई आवश्यकता  बमोजिमको स्पष्ट नीति, तर्जुमा निर्माण गर्नसमेत ध्यानाकर्षण गराएकी हुन् ।

सांसद थापाले असक्षम बालबालिकालाई विशेष संरक्षण दिनु राज्यको दायित्व भएको बताउँदै बालबालिकाको अधिकारलाई संविधानमा समेटेर बालबालिका सम्बन्धी ऐन २०७५  कानून निर्माण गरेको भन्दै असहाय बालबालिकाहरू बालिग भइसकेपछि कता स्थानान्तरण गर्ने भन्ने समस्या रहेको बताइन् ।

उनले भनिन्, 'उचित व्यवस्थापन एवम्  संरक्षण कसरी गर्ने भन्ने विषयमा हामीसँग स्पष्ट नीतिको अभाव रहँदा सरकारको मातहतमा रहेको बाल संगठनमा अहिले १९ देखि ५४ वर्षका बालिगहरू समेत रहेका छन् । जसले गर्दा बाल संगठनलाई आर्थिक भार र थप जिम्मेवारी त थपिएकै छ त्यससँगै  राज्यले विशेष संरक्षणमा राख्नु पर्ने असहाय बालबालिकाको अधिकार अहिले चपेटोमा परेको छ, बालबालिकाको स्याहारसुसार र संरक्षणमा असर परेको छ' उनले भनिन् ।

उनले बालबालिकासम्बन्धी कानूनको प्रमुख सिद्धान्त, बालबालिकाको सर्वोत्तम हितलाई सम्बोधन हुने गरी नीतिगत स्पष्टताको आवश्यकता रहेको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ