arrow

भारतको मुख्य प्रशिक्षक बने गौतम गम्भीर 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
gautam-gambhir1.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । गौतम गम्भीर भारतीय राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक बनेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाहले गम्भीर भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएका छन् ।

भारतले सन् २०११ को विश्वकप जित्दा टिमका महत्वपूर्ण खेलाडी रहेका गम्भीर हाल आईपील टिम कोलकाता नाइट राइडर्सका मुख्य प्रशिक्षक रहेका थिए । उनको नेतृत्वमा कोलकोताले यस सिजनको आईपीएल जितेको थियो ।

उनले अब भारतीय टिमका प्रशिक्षक राहुल द्रविडको स्थान लिने छन् । हालै सम्पन्न टी–२० विश्वकपपछि द्रविडको प्रशिक्षकको कार्यकाल सकिएको थियो ।

भारतीय क्रिकेटका ओपनर रहेका गौतमले भारतका लागि ५८ टेस्ट, १४७ एक दिवसीय र ३७ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यस क्रममा उनले  टेस्ट क्रिकेटमा ९ शतक र २२ अर्धशतकसहित ४१५४ रन, एक दिवसीय क्रिकेटमा ११ शतक र ३४ अर्धशतकसहित ५२३८ रन र टी(२० मा ७ अर्धशतकसहित ९३२ रन बनाएका छन् ।
       



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ