arrow

चार संसदीय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ ।  आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ । बैठकमा राज्यको मुलप्रवाहमा दलित समुदायको समावेशीताको अवस्था र यस सम्बन्धमा राष्ट्रिय दलित आयोगले खेल्दै आएको भूमिका बारेमा छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिको आन्तरिक छलफल हुनेछ । त्यस्तै बिहान ११ बजै नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा काठमाडौं उपत्यकाभित्र खानेपानीको उत्पादन वितरण एवं सहज आपूर्तिको लागि देखिएका समस्या चुनौती लगायतका विषयमा छलफल हुनेछ । 

त्यस्तै बिहान साढे १० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा अङ्गदान र प्रत्यारोपण सम्बन्धी विद्यमान अवस्था समस्या तथा चुनौती र भावी कार्यदिशा सम्बन्धमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ