arrow

अन्नपूर्ण पदमार्गमा ६ महिनामै दश हजार पर्यटक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २७ बिहिबार
tourist-annapurna-rss.jpg
फाइल तस्बिर

लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गमा छ महिनामा १० हजार ६ सय १३ विदेशी पर्यटक आएका छन् ।

यी पर्यटक सन् २०२४ जनवरीदेखि जुन महिनासम्म भ्रमणका लागि आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीले जनाएको छ । 

केन्द्रका इञ्चार्ज भूपेन्द्र गुरुङले उक्त पर्यटकमध्ये छ हजार चार सय ३५ पुरुष र चार हजार एक सय ७८ महिला पर्यटक आएको जानकारी दिए ।

यीमध्ये सबैभन्दा बढी फ्रान्सबाट एक हजार ७४, इजरायलबाट आठ सय ३२, जर्मनबाट सात सय ८४ पर्यटक आएका छन् ।

यस पदमार्गमा बर्खा लागेसँगै सुनसान भएपनि दैनिकजसो चार/पाँच जना विदेशी पर्यटक आइरहेको केन्द्रले जनाएको छ । 

सन् २०२३ मा २१ हजार दुई सय ४७ र सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटक भ्रमण गर्न यहाँ आएका थिए । 

सन् २०२२ को तुलनामा सन् २०२३ मा पाँच हजार तीन सय ४७ जना विदेशी पर्यटक बढी आएका छन् ।

केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार छ सय ४७, सन् २०१८ मा २९ हजार चार सय ८४, सन् २०१७ मा २१ हजार ६८ पर्यटक अन्नपूर्ण पदमार्गमा आएका थिए ।        

सन् २०१७ बाट पर्यटक आगमनमा वृद्धि हुँदै गर्दा सन् २०२० मा कोरोना सङ्क्रमणको पहिलो लहरसँगै पदमार्ग क्षेत्र प्रभावित भएको थियो । विस्तारै बढ्दो पर्यटक आगमनले यस क्षेत्रका सयौँ स्थानीयले रोजगारीसमेत पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ