प्रचण्डलाई विश्वासको मत दिने वा नदिने निर्णय गर्दै राप्रपा
हाम्रा कुरा
प्रकाशित २०८१ असार २७ बिहिबार
580
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज बस्दैछ । बैठकले सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गर्नछ ।
पार्टीको संसदीय दलको कार्यालयमा बस्ने बैठकले संसदीय दलका नेताहरुसँग छलफल गरी उनीहरुको सुझावका आधारमा पक्ष वा विपक्षमा निर्णय लिने राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए।
राप्रपाको प्रतिनिधिसभामा १४ सिट छ ।
सरकारमा रहेका नेकपा (एमाले)लगायतका केही दलहरू सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि शुक्रबार विश्वासको मत लिदै छन् ।