arrow

आर्किटेक्चरल र इन्जिनियरिङ्ग क्षेत्रमा लैङ्गिक सन्तुलन सम्बन्धी संगोष्ठी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २७ बिहिबार
sangosthi-81.jpg

काठमाडौँ । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म्स्, नेपाल (स्काएफ नेपाल) तथा निर्माण व्यवसाय विकास कार्यान्वयन समिति, निर्माण व्यवसायी महासंघ नेपाल तथा नेपाल इन्जिनियर्स एसोसिएशनको संयुक्त आयोजनामा ललितपुर झम्सिखेलमा अवस्थित भिभान्त होटेलमा संगोष्ठी सम्पन्न भएको छ ।

उक्त संगोष्ठीको समुद्घाटन निर्माण व्यवसाय विकास कार्यान्वयन समितिका अध्यक्ष तथा भौतिक योजना तथा यतायात मन्त्रालयका सहसचिव वरिष्ठ इन्जिनियर भिमार्जुन अधिकारीले पानसमा दीप प्रज्वलन गरी गरेका थिए । 

स्काएफ नेपालका महासचिव इन्जिनियर कमल कार्कीले तीन चरणमा सम्पन्न  संगोष्ठीमा उपस्थित विशिष्ट अतिथि, विशेषज्ञगण तथा सहभागी सम्पुर्णलाई स्वागत गरेको उक्त उद्घाटन सत्रको सभापतित्व स्काएफ नेपालका अध्यक्ष इन्जिनियर ठाकुरप्रसाद शर्माले गरेका थिए । 

नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष इन्जिनियर एडी लामा तथा नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष इ. डा. हरिबहादुर दर्लामीको पनि कार्यक्रममा उपस्थिति थियो । 

पहिलो सत्रमा आर्किटेक्चरल र इन्जिनियरिङ्ग क्षेत्रमा लैङ्गिक सन्तुलन तर्फको प्रगतिशील यात्रा विगत, वर्तमान र भबिष्यको प्रतिविम्ब विषयमा छलफल गरी ५५-६० वर्षको इतिहास बोकेको नेपालको आर्किटेक्चरल र इन्जिनियरिङ्ग क्षेत्र विकास सँगसँगै लैङ्गिक सन्तुलनलाई प्राथमिकतामा राख्ने प्रगतिशील यात्राको विश्लेषण गरिएको थियो । 

यस सत्रको अध्यक्षता नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा खुल्ला विश्वविद्यालयका प्राध्यापक वातावरणविद् इन्जिनियर डा. सुनिलबाबु श्रेष्ठले गरेका थिए भने प्यानलिस्टका रुपमा निर्माण व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष एडीलामा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा सडक विभागका पूर्व सचिव इन्जिनियर अर्जुनजंग थापा र आर एण्ड आर इन्जिनियरिङ्ग कन्सल्टेन्सीका प्रवन्ध निर्देशक इन्जिनियर रेखा श्रेष्ठ रहेका थिए ।

आर्किटेक्चरल र इन्जिनियरिङ्ग क्षेत्रमा पेशागत प्रगतितर्फ महिला र पुरुष दुवैले भोग्नु परेका थुप्रै समस्याहरुलगायत परम्परागत लैङ्गिक दृष्टिकोण, साइटमा सुरक्षा, लैङ्गिक रुपमा संवेदनशील कार्यालय, असमान तलब, असमान पदोन्नति, नेतृत्वका लागि कम अवसरका बारेमा गहन छलफल गरी यी दुवै क्षेत्रमा लैङ्गिक रुपमा सन्तुलित कार्यक्षेत्र निर्माणमा अवरोध ल्याउने मुख्य कारकहरु निर्धारण गर्नका लागि गहन विश्लेषण गरिएको दोश्रो सत्रमा शहरी विकास कोष (टीडीएफ) का कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले अध्यक्षता गरेका थिए भने ब्राइट फ्युचर इन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक शोभा कुमारी पौडेल, युथ कम्युनिटी फर नेप्लिज कन्ट्र्याक्टर्सका अध्यक्ष इन्जिनियर सुशिल श्रेष्ठ, एस. एल. कन्स्ट्रक्सनका प्रवन्ध निर्देशक गीता शाही एवं नेपाल इन्जिनियर्स एशोसिएशनको महिला इन्जिनियरहरुको समन्वय र कल्याण समितिका अध्यक्ष तथा सडक विभागका वरिष्ठ इन्जिनियर कल्पना अधिकारि प्यानलिस्टका रूपमा  रहेका थिए ।

तेश्रो सत्रमा आर्किटेक्चरल र इन्जिनियरिङ्ग क्षेत्रमा लैङ्गिक सन्तुलनमा कानुनी सुधार र यसको अभ्यासमा सीमितताहरु, लैङ्गिक रुपमा सन्तुलित कार्यक्षेत्र तर्फ नेपालको संविधान अनुरुप सरकारी क्षेत्र निजी क्षेत्रभन्दा अघी बढिसकेको छ र निजी क्षेत्रलाई नियमन गर्ने निकाय कुन हो ? यी दुवै क्षेत्रमा लैङ्गिक प्रतिनिधित्वमा ह्रास आएको विषय, निजी क्षेत्रलाई लैङ्गिक सन्तुलनतर्फ अघि बढाउन आवश्यक कानुनी सुधारको आवश्यकता र यी क्षेत्रमा लैङ्गिक सन्तुलन प्रबर्ध्दन गर्न सरकारी मध्यस्थता र समर्थनको कमी लगायतका विषयका साथसाथै सरकारी क्षेत्रमा रहेको कोटा प्रणाली जस्तै निजी क्षेत्रमा पनि कानूनी सुधारका लागि आह्वान गर्न आवश्यक रहेको सम्बन्धमा आवाज उत्थान गरिएको थियो ।

यो सत्रमा नेपाल उद्योग परीसंघका उपाध्यक्ष तथा नेपाल आदर्श निर्माण कम्पनी प्रालिका कार्यकारी निर्देशक विरेन्द्रराज पाण्डेले अध्यक्षता गरेका थिए भने पूर्व सचिव धनबहादुर तामाङ, नेपालको आइटी क्षेत्रका प्रणेता प्रा. तिमिला यमी, महिला, कानून तथा विकास मञ्चकी कानूनी सल्लाहाकर वरिष्ठ अधिवक्ता मीरा ढुङ्गाना एवं त्रिभुवन विश्वविद्यालय कानून संकायका सहायक प्रा. सरोजकुमार घिमिरे प्यानलिस्टका रूपमा रहेका थिए ।

स्काएफ नेपालकी उपमहासचिव मन्दाकिनी कार्कीले संचालन गरेको तीनवटै सत्रको समाप्तिपछि समापन समारोहको सभापतित्व स्काएफ नेपालका उपाध्यक्ष आर्किटेक्ट विभुतिमान सिंहले गरेका थिए भने धन्यवाद ज्ञापन स्काएफ नेपालका महासचिव इन्जिनियर कमल कार्कीले गरेका थिए । 

सो कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएशनका महासचिव इन्जिनियर रवी भुषण झाले प्रमुख अतिथिको आशनबाट आफ्नो मन्तव्य प्रकट गरेका थिए ।

उक्त संगोष्ठीमा तीन वटै सत्रमा अध्यक्षता गरेका अध्यक्षगण तथा प्यानलिस्टहरु सम्पुर्णलाई स्काएफ नेपालका पूर्व अध्यक्षहरु इन्जिनियर रामबहादुर श्रेष्ठ, इन्जिनियर बदनलाल न्याछ्यों, आर्किटेक्ट राजेश थापा, स्काएफ नेपालका अध्यक्ष इन्जिनियर ठाकुरप्रसाद शर्मा, महासचिव इन्जिनियर कमल कार्की र आर्किटेक्ट विभूतिमान सिंहले मायाको चिनो प्रदान गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ