arrow

व्यवसायीको विरोधपछि नाइट बस रोक्नेबारे निर्णय भएन [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
night-bus-decision-81-3-28-.jpg

काठमाडौँ । यातायात व्यवसायीको विरोधपछि सरकारले रात्रिकालिन यातायात बन्द गर्ने निर्णय गर्नबाट पछि हटेको छ ।

शुक्रबार गृह मन्त्रालयमा बसेको यातायात व्यवसायी सहितको सुरक्षा निकाय र गृह मन्त्रालयका अधिकारीहरुको बैठकले तत्कालै पूर्ण रुपमा रोक नलगाउने जनाएको हो । 

उक्त बैठकले जल तथा मौसम विज्ञान विभागबाट रेड ट्राभल एड्भाइजरी जारी भएका क्षेत्र तथा दिनमा तत् तत् दिनमा रात्रिकालीन सवारी साधन नचलाउने निर्णय गरेको छ ।

सो बैठकले पहिरोका कारण गाडी रोकिएका क्षेत्रमा सामान्य अवस्थामा भन्दा महँगो लिइएको पाइएमा तत्कालै कालोबजारी ऐन अन्तर्गत कारबाही गर्ने निर्णयसमेत गरेको छ । 

रात्रिकालीन बस सञ्चालनलाई पूर्ण रोक लगाउन गृह मन्त्रालयले व्यवसायीसँग छलफल गरेको थियो । तर यसरी रोक लगाउँदा क्षतिपूर्ति दिनुपर्ने व्यवसायीको मागपछि सरकार पछि हटेको हो ।
 

night-bus-decision-81-3-28 (8).JPG
night-bus-decision-81-3-28 (1).JPG
night-bus-decision-81-3-28 (2).JPG
night-bus-decision-81-3-28 (3).JPG
night-bus-decision-81-3-28 (4).JPG
night-bus-decision-81-3-28 (5).JPG
night-bus-decision-81-3-28 (6).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ