arrow

विश्वासको मत गुमाउना साथ प्रचण्ड शीतल निवासबाट सिधै फर्के खुमलटारमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
prachanda-81-3-28w.jpg

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर निजी निवास खुमलटार पुगेका छन् । 

प्रधानमन्त्रीमा साँझ विश्वासको मत नपाएपछि राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेसँगै उनी बालुवाटार नपुगी सिधै खुमलटार पुगेका हुन् । 

उनी विश्वासको मत गुमाएपछि सरकारी निवास बालुवाटार नबसेको बताइएको छ । 

उनको निवास खुमलटारमा छोरीहरु रेणु दाहाल र गंगा दाहाल, बुहारी बिना मगरसँगै माओवादी केन्द्रका नेताहरु उपाध्यक्ष पम्फा भुषाल, प्रेस सल्लाहकार गोविन्द आचार्य सहितका नेताहरुसमेत खुमलटारमा स्वागत गर्न पुगेका छन् । 

१८ महिनाअघि खुमलटारबाटै बालुवाटार पुगेका प्रचण्ड पाँचौँ पटक विश्वासको मत लिँदा विश्वास गुमाएपछि खुमलटार फर्केका हुन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ