arrow

झुठो बोलेको भन्दै रविमाथि यसरी खनिए ज्ञानेन्द्र शाही [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
sahi-gyanendra-sahi.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाही राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले झुठ बोलेको भन्दै खनिएका छन् । 

प्रतिनिधि सभाको बैठकमै शाहीले काम गर्न नसके काम गर्न सकिन भन्नु तर गलत भाष्य प्रयोग गरेर झुठ नबोल्न भन्दै हकारेका छन् ।

उनले सहकारी प्रकरणमा मुछिएका आफ्नै साथी जीबी राईलाई पक्राउ गर्न नसकेको भन्दै रविलाई काम गर्न नसक्ने अनि अर्कालाई दोष दिने ? भन्दै प्रश्न गरे । 

उनले सुनकाण्डका दोषी पक्रन नसक्नेले भ्रष्टाचारका ठूला फाइल खोल्ने थाहा पाएर सरकार ढालिएको भनेर लामिछानेले गलत भाष्य प्रयोग गरेको भन्दै झुठ बोलेर गल्ती नछोपिने बताए । 

उनले गृहमन्त्रीले निर्मला पन्तका बलात्कारी र हत्यारालाईसमेत पक्राउ गर्न नसकेको बताए । 

शाहीले रवि लामिछानेले भाषण मात्र मिठो गर्ने तर काम भने गर्न नसकेको आरोप लगाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ