arrow

सनसिल्कसँग क्रिएटर अनर्स 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २९ शनिबार
sunsilk-creater-honours.jpg

काठमाडौँ । हेयर केयर ब्रान्ड सनसिल्कले अपट्रेन्डलीसँगको सहकार्यमा लाइफस्टाइल, ब्युटी तथा फेसन विधाहरूका  ट्यालेन्टहरूलाई स्पट लाइट गर्ने एक जीवन्त अवार्ड समारोह, सनसिल्क प्रिजेन्ट्स क्रिएटर अनर्स प्रस्तुत गरेको छ । 

यो कार्यक्रमले लाइफस्टाइल, ब्युटी र फेसन उद्योगबाट विभिन्न सहभागीहरूलाई एकै ठाउँमा ल्याएर आफ्ना सीपहरू प्रदर्शन गर्न इन्फ्लुएन्सरहरूको लागि एक अद्वितीय प्लेटफर्मको रूपमा प्रस्तुत भएको हो । 

क्रिएटर अनर्सको उद्देश्य उदीयमान र स्थापित इन्फ्लुएन्सरहरूलाई उत्प्रेरित गर्ने र उचाल्नु रहेको थियो ।

उनीहरूलाई चम्कने अवसर प्रदान गर्दै तिनीहरूको रचनात्मक प्रयासहरूलाई मान्यता दिनु रहेको कम्पनीले जनाएको छ । 

यस वर्षको क्रिएटर अनर्सको शीर्षक प्रायोजकको रूपमा, सनसिल्कले जीवनशैली र फेसन विधामा उत्कृष्ट प्रदर्शन गर्ने इन्फ्लुएन्सरहरूलाई मान्यता दिएको थियो ।

सनसिल्कको संलग्नताले नयाँ सम्भाव्यताहरू खोल्ने र विस्तार गर्ने र कसैको पूर्ण क्षमतालाई बाहिर निकाल्ने ब्रान्डको मिशनलाई जोड दिएको जनाएको छ । 

दुवै ब्रान्ड र समारोहले इन्फ्लुएन्सरहरूको प्रयासको कदर गर्ने, सीमाहरू तोड्ने र इन्फ्लुएन्सरहरूको रचनात्मकतालाई बढावा दिने प्रतिबद्धता जनाएका छन् । 

असार २४ गते भएको यस अवार्ड समारोहको  ग्रान्ड फिनालेमा आफ्नो आकर्षक वातावरण र दृश्यका लागि परिचित, पेन्टहाउस रुफटप बार एण्ड लाउन्जमा भएको थियो । 

विभिन्न विधामा विजेता घोषणा भएपछि साँझ उत्साहले भरिएको थियो । कार्यक्रमले प्रतिभाशाली व्यक्तिहरूको उपलब्धिलाई मान्यता मात्र होइन, सञ्जाल र प्रेरणाको लागि एक प्लेटफर्म पनि प्रदान गरेको छ ।

यसले नेपालमा इन्फ्लुएन्सर समुदायलाई समर्थन र उत्थान गर्ने सनसिल्कको समर्पणलाई थप बलियो बनाएकोसमेत कम्पनीको निचोड छ ।  

प्रत्येक विधाका विजेताहरू यस प्रकार छन् –
राइजिंग स्टार – स्विटि डङ्गोल
ब्रेकथ्रु कन्टेन्ट – भावना रेग्मी
सनसिल्क बर्न टु साइन – सिम्रन श्रेष्ठ
बेस्ट ब्राण्ड कोलाबोरेसन् – विजया प्रधान
बेस्ट युज अफ ट्रेन्ड – सिद्धार्थ तामाङ
बेस्ट अडियो÷भिजुवल – करिश्मा श्रेष्ठ
फलोवर लभ – प्रजिता श्रेष्ठ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ