arrow

रवि र स्वर्णिमको गम्भीर एवं अक्षम्य खेलको खुलासा, मुकुललाई धम्की

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३० आइतबार
ravi-swarnim-81-3-30.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निष्कासित महामन्त्री डा. मुकुल ढकाल र सभापति रवि लामिछाने तथा उपसभापति स्वर्णिम वाग्लबीच सतहमा देखिने गरी विग्रह शुरु भएको छ । 

ढकालले रवि लामिछाने र स्वर्णिम वाग्लेका ‘शंकास्पद’ गतिविधिबारे टेलिभिजनकै पर्दामा बोल्न थालेपछि सतहमा देखिने गरी विग्रह शुरु भएको हो । 

शनिबार राति एक टेलिभिजनसँगको अन्तर्वार्तामा मुकुलले ‘नेपाललाई भारतकै एउटा राज्य बनाउने प्रस्ताव राख्ने र रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने समझदारी गर्न आफूलाई खटाइएको’ दाबी गरे । 

त्यस्तै उपसभापति वाग्लेले प्रधानमन्त्री बनाएमा भुटान वा सो सरहको अवस्थामा नेपाललाई पुर्याउन सहजीकरणको भूमिका खेल्ने बताएको भन्दै वाग्लेको भनाइलाई सार्वजनिक गरेका छन् । 

सो कुरा सार्वजनिक गरेपछि आफूलाई उपसभापति डा. स्वर्णिम वाग्लेको सचिवालयबाट भौतिक आक्रमण गर्ने धम्की आएको आरोप पनि लगाएका छन् । 

शनिबार राति वाग्लेको सचिवालयबाट फोन गरी ‘कुट्ने, नछाड्ने’ धम्की आएपछि आफूले सुरक्षाका लागि प्रहरीलाई अनुरोधसमेत गरिसकेको दाबी मुकुलले गरेका छन् ।

‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटकपटक फोन गरे, फोन उठाइन । मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिनँ’ लगायत अनेक भनेकाले हिजै राति इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु’, उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

उनले रवि लामोछाने, स्वर्णिम वाग्ले, शिशिर खनाल र आफूसमेत काठमाडौँको एक होटलमा भारतीय राजदूतसँग भेट गरेको र सोही भेट सकेर फर्कने क्रममा लिफ्टमा स्वर्णिमले त्यस्तो प्रस्ताव गरेको जिकिर गरेका छन् ।  

त्यसपछि त्यही राति स्वर्णिम सचिवालयबाट कुट्ने धम्की आएको दाबी मुकुलले गरेका हुन । 

उपप्रधान तथा गृहमन्त्री राजदूतलाई भेट्न होटेलमा जाने र आफूलाई प्रधानमन्त्री बनाए नेपाललाई नै उक्त देशको राज्य वा सम्प्रभुता सुम्पिन तयार रहेको भन्नु गम्भीर कुरा हो । 

अनि देशको चौथो ठूलो दलका सांसद तथा उपसभापतिले सोही कुरा भनेको गम्भीर छ । यो विषयलाई संवादमा सहभागी भएका महामन्त्रीले खुलासा गर्नु  तथा रवि र वाग्लेको तर्फबाट कुनै पनि प्रकारको प्रतिवाद भएको छैन । 

स्वर्णिम वाग्ले र रवि लामिछाने लगाएतका नेताहरुले सत्ता प्राप्तिको खातिर भारतीय राजदूतलाई भेटेर नेपाललाई भारतीय राज्य मान्नसमेत तयार भएका रहेछन् भन्ने कुरा समान्य ढंगबाट आएको छैन । 

यसलाई के भएको हो भनेर सोध्न हामीले स्वर्णिमलाई पनि सम्पर्क गर्ने प्रयास गरेका थियाँै तर उनको मोबाइल स्विच अफ छ । यही विषयलाई लिएर रास्वपाको आन्तरिक बैठक र छलफल चलिरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ