arrow

गृहबाट जाँदै गर्दा रविले प्रहरीलाई भने - आजैबाट मेरा विषयमा अनुसन्धान गर्नुस् [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३० आइतबार
ravi-lam-03-30.jpg

काठमाडौँ । सहकारी ठगीको आरोप लागेका कामचलाउ सरकारका गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका कुराहरूको अध्ययन अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गरेका छन् । 

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले आफ्नो बारेमा पनि धेरै प्रश्नहरू उठेको भन्दै आफू मन्त्री भएकाले कुनै प्रभाव परेको भए आजबाट अनुसन्धान र अध्ययन प्रक्रिया अघि बढाउन सकिने बताए । 

उनले आफूले सरुवा र बढुवा कुनै व्यक्ति विशेषलाई हेरेर नगरेको बताए । उनले आफूले नेपाल प्रहरीमा कुनै पनि विधि मिच्ने काम नगरेको जिकिर गरे । उनले आफू गृहमन्त्री भए पनि आफूले सुरक्षा निकायलाई आफ्नो बारेमा अध्ययन, अनुसन्धान नगर भनेर निर्देशन नदिएको बताए । 

गल्ती गरेको जो कोही पनि बच्नु र बचाउनु नहुने बताए । सुनको अनुसन्धानको छानबिनको प्रतिवेदन सार्वजनिक गर्न आफूलाई कुनै आपत्ति नरहेको भए पनि राज्यका सुरक्षा निकायको गोपनीयतालाई मध्यनजर गरी सार्वजनिक नगरेको बताए । उनले आफूले गरेका र बाहिर आएका कतिपय गतिविधि सरकार परिवर्तनसँगै साम्य देखिएको बताए । सरकार निर्मला पन्तको अनुसन्धानको अन्तिममा पुगेको दाबी गरे । 

उनले भने, ‘सरुवा, बढुवाका कुराहरू छन् । सरुवा र बढुवामा कुनै व्यक्ति विशेषलाई हेरेर मैले गरेको छैन । कहिले कहीँ प्याब्सनको आधारमा मान्छेलाई यता उति सार्ने बाहेक हामीले विधि मिच्ने काम गरेका छैनौँ । बाँकी रह्यो मेरो कुरा । विषय त मेरो बारेमा पनि धेरै कुरा उठेका छन् । उठ्छ, हिजो पनि उठेका हुन् । मैले आजसम्म यहाँहरू सबै यहीँ साक्षी हुनुहुन्छ, आफ्ना विषयमा यो गर्नुहोस्, त्यो गर्नुहोस्, भनेको छैन, निर्देशन दिएको छैन । तर पनि मन्त्री भएका कारणले केही अप्ठ्यारो परेको रहेछ भने आजैबाट मेरा विषयमा गहन अध्ययन, गहन अनुसन्धान गर्नुस् । गल्ती गरेको जो कोही होस्, त्यो बच्नु हुँदैन, बचाउनु हुँदैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ