arrow

तीन संसदीय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २ बुधबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज एकैपटक तीन संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । 

बैठकमा राज्यको मुलप्रवाहमा मधेसी समुदायको समावेशीताको अवस्था र यस सम्बन्धमा मधेसी आयोगले खेल्दै आएको भुमिकाका बारेमा छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासंग छलफल हुनेछ ।

 त्यस्तै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठकमा समितिको कार्य प्रभावकारीताको लागि उपसमिति गठनका सम्बन्धमा छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ