arrow

पाँच संसदीय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३ बिहिबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । आज बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । 

सुर्ती, खैनी तथा गुड्खा उद्योगको पुँजी तथा क्षमता वृद्धिको सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल, झापा, सुनसरी र मोरङको स्थलगत अनुगमनको प्रतिवेदन उपर छलफल, चिनी उद्योग तथा उखु किसानहरूका समस्या समाधान सुझाव उप समितिको प्रतिवेदन पेश, स्पञ्ज आइरन, विलेट्सको भन्सार महसुल, अन्तःशुल्क तथा उद्योगहरूको अध्ययन अनुगमन उप समितिको प्रारम्भिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै मध्यान्ह १२ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा राज्यको मुलप्रवाहमा आदिवासी जनजाति समुदायको समावेशिताको अवस्था र यस सम्बन्धमा आदिवासी जनजाति आयोग र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको भूमिकाका बारेमा छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ । 

त्यस्तै बिहान साढे ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको आ.व. ०८०-०८१ को वार्षिक कार्ययोजनाको प्रगति समीक्षा, समितिको आ.व. ०८०-०८१ को वार्षिक प्रतिवेदन तयारी सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै बिहान साढे ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको आ.व.२०८०-०८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ