arrow

एक वर्षमै करिब पाँच अर्बले बढ्यो सैनिक कल्याणकारी कोषको नगद [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३ बिहिबार
nepal-army-kosh.jpg

काठमाडौँ ।  एक वर्षमा सैनिक कल्याणकारी कोषको नगद मौज्दात ४ अर्ब बढीले वृद्धि भएको छ । बिहीबार सैनिक कल्याणकारी कोषले आर्थिक वर्ष २०८०-०८१ मा कोषले गरेका गतिविधि सार्वजनिक गर्दै पछिल्लो एक वर्षमा ४ अर्ब ८५ करोड २७ लाख रुपैयाँ नगद मौज्दात वृद्धि भई ७५ अर्ब ९० करोड ८८ लाख रुपैयाँ पुगेको जनाएको हो । 

सैनिक कल्याणकारी कोषको गत २०८० असार मसान्तसम्म ७१ अर्ब ५ करोड ६१ लाख मौज्दात रहेकोमा एक वर्षमा ४ अर्ब बढीले वृद्धि भएको कोषले जनाएको छ । कोषले एक वर्षसम्म गरेको ६ अर्ब ९७ करोड ८६ लाख लगानी समेत जोड्दा कोषको वास्तविक सम्पत्ति ८२ अर्ब ८८ करोड ७४ लाख रुपैयाँ पुगेको छ । कोषका अनुसार ७५ अर्ब ९० करोड ८८ लाख रुपैयाँ मध्ये वाणिज्य बैंकमा ७५ करोड ७६ लाख ९ हजार २९१, विकास बैंक ४४ हजार ४०३ र वित्त कम्पनीमा ९५ हजार १२७ गरी ७५ करोड ९० लाख ८ हजार ८२१ रुपैयाँ रहेको छ । 

नेपाली सेनाले सैनिक कल्याणकारी कोषमार्फत सरकारलाई रोजगारी अवसर,राजश्वमा योगदान,विस्फोटक पदार्थमा आत्मनिर्भर,दक्ष जनशक्ति उत्पादन र सर्वसाधारण निःशुल्क औषधि उपचारमा योगदान गर्दै आएको जनाएको छ । कोषले सरकारलाई वार्षिक १ अर्ब रुपैयाँ बराबरको राजश्वमा योगदान दिँदै आएको जानकारी कोषले दिएको छ । 

विस्फोटक पदार्थमा आत्मनिर्भर बनाउँदै अतिरिक्त विस्फोटक पदार्थ आयात गर्न लाग्ने विदेशी मुद्रा समेत सञ्चित गरेको दाबी सैनिक कल्याणकारी कोषको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ