arrow

जापान पठाइदिने भन्दै ठग्ने थापा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३ बिहिबार
pakrau9.jpg
फाइल तस्बिर

तनहुँ । वैदेशिक रोजगारीमा जापान पठाइदिन्छु भनी ठगी गरेको आरोपमा तनहुँकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास-१२ कमलबारी निवासी ३८ वर्षीय मनुमाया थापा मङ्गलबार पक्राउ परेकी हुन् । 

थापाले भीमाद नगरपालिका-५ घर भई हाल पोखरा महानगरपालिका-१ बगर निवासी ३८ वर्षीया रुपासरा रानालाई ठगी गरेको प्रहरीले जनाएको छ । 

सामाजिक सञ्जाल फेसबुकमार्फत रानालाई सम्पर्क गरी जापान पठाइदिन्छु भनी ठगी गरेको खुल्न आएको जिप्रका तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । 

उनका अनुसार आरोपित थापाले विभिन्न बैङ्क खातामा पैसा जम्मा गर्न लगाइ रु ७९ लाख ९७ हजार नौ सय १९ लिएकी थिइन् । 

प्रहरीले निजको साथबाट रु चार लाख ८० हजार र विभिन्न सात बैंकको चेक बुक बरामद गरेको छ । उनले भने, “ठगीसम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ