arrow

सरकारमा किन गएको भन्दै गाली खाने गरेका छौँ - रवि लामिछाने [भिडियो]

देश कसले चलाएको रहेछ भन्ने कुरा राम्रोसँग थाहा पायौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ४ शुक्रबार
ravi-lam-04-04.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा किन गएको भन्दै गाली खाने गरेको बताएका छन् । बिहीबार पार्टीको नीति मन्थनबारे सम्बोधन गर्दै उनले नयाँ राजनीतिक दल भएर किन सरकारमा गएको भन्ने प्रश्नहरू आएको भन्दै सरकारमा गएर नै सरकार भित्रका गल्तीहरू बुझ्ने बताए । उनले पुराना राजनीतिक दलहरूसँग सँगै उभिँदा गल्ती केही नगरे पनि गाली मात्रै खाएको बताए । २१ जना भ्रष्टहरूलाई संसदमा जान रोकेर आफूहरूले राम्रा मान्छे ल्याएको दाबी गरे । 

 उनले देश कसले चलाउँछ भन्ने कुरा राम्रोसँग जानकारी मिलेको बताए। उनले सरकारमा ४ महिनाको अवधिमा बस्दा कुन शक्तिबाट देश चल्छ भन्ने कुरा राम्रोसँग बुझ्न पाएको भन्ने कुरा थाहा पाएको बताए । उनले गोपनीयताको शपथ ग्रहण गरेकाले सबै कुरा भन्न नमिल्ने भन्दै उनले सरकारमा बस्दा कुन शक्ति हाबी हुन्छ र कुन शक्तिबाट सरकार चलेको छ भन्ने कुराको जानकारी पाएको बताए । 

उनले भने, ‘नयाँ राजनीतिक दल भएर सरकारमा किन गएको ? भन्छन् । सरकारमा किन गएको भनेको भन्यै छन् । पुराना राजनीतिक दलहरूसँग सँगै उभिँदा खेरी गल्ती केही नगर्दा पनि गाली खाने बाहेक केही काम भएन । तर हामी त केही सिक्नु थियो । हामीले त केही गर्नु थियो । हामी त हेर्नु थियो । सिंहदरबार कसरी चलाउने भन्ने कुरा जान्नका लागि सिंहदरबार कसरी चल्दै छ भन्ने कुरा हेर्नैपर्छ । जति गाली खाएर भए पनि केही समय सरकारमा जानु नै थियो । अघिल्लो पटक पर्याप्त थिएन । ३४ दिन म भएँ । अरू साथीहरू २४ दिन जति भए । त्यो कुनै पर्याप्त समय नै थिएन । अब अहिले जुन चार महिनाको अवधि हामीले सरकारमा बस्यौँ, यो अवधिले अब चाहिँ हामीलाई धेरै कुरा बुझ्न सहयोग मिलेको छ । अब पद र गोपनीयताको शपथ खाएका छौँ, सबै कुरा सार्वजनिक गर्न त मिल्दैन । तर देश कसले चलाएको रहेछ भन्ने कुरा राम्रो सँग थाहा पायौँ । यो ठूलो पाठ सिकेका छौँ । यसबाट राज्यलाई घाटा लगाएका छैनौँ । राज्यलाई अप्ठ्यारोमा पारेका छैनौँ । २१ जना भ्रष्टहरूलाई रोकेर हामीले संसदमा आएका छौँ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ