arrow

गत वर्ष नै तयार हुने भनिएको संसदको नयाँ भवनको निर्माणमा ढिलाइ [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ४ शुक्रबार
new-parliament-building-mee.jpg

काठमाडौँ । सभामुख देवराज घिमिरेले सिंहदरबारमा निर्माणाधीन संसद भवनको ढिलाईबारे उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह सहितका अधिकारीहरुसँग छलफल गरेका छन् ।

शुक्रबार बिहान सभामुख घिमिरेले संसद भवन निर्माणको ढिलाईबारे उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, सचिव, भवनका महानिर्देशक र संसद भवन निर्माण आयोजना प्रमुखसहितका उच्च अधिकारीहरुसँग छलफल गरेका हुन् ।

साउन २ गते सभामुख घिमिरे निर्माणाधिन संसद भवन पुग्दा कामदारको संख्या न्यून रहेको र तीन सिफ्टमा काम गर्ने सम्झौता रहेकोमा एक सिफ्टमा मात्र काम भैरहेको पाएपछि उनले छलफल गरेको सभामुखको सचिवालयले जानकारी दिएको हो । 

अहिलेसम्म संसद भवनको ८२ प्रतिशत निर्माण प्रगति भनिए पनि निर्माण भएको संरचनाले त्यस्तो पुष्टि गर्न नसकेको सभामुखको सचिवालयले जानकारी दिएको छ । 
 
यो भवन २०७९ को निर्वाचनपछि सिधै सोही भवनबाट संसद सञ्चालन गर्ने योजना बनाइएको भए पनि त्यसको एक वर्षपछि जसरी पनि सर्ने बताइएको थियो । तर अहिलेसम्म अझै १८ प्रतिशत काम बाँकी रहेको बताइएको छ । 

new-parliament-building-meeting (1).jpeg
new-parliament-building-meeting (1).JPG
new-parliament-building-meeting (2).jpeg
new-parliament-building-meeting (2).JPG
new-parliament-building-meeting (3).JPG
new-parliament-building-meeting (4).JPG
new-parliament-building-meeting (5).jpg
new-parliament-building-meeting (6).jpg
new-parliament-building-meeting (7).jpg
new-parliament-building-meeting (8).jpg
new-parliament-building-meeting (9).jpg
new-parliament-building-meeting (10).JPG
new-parliament-building-meeting (11).JPG
new-parliament-building-meeting (12).JPG
new-parliament-building-meeting (13).jpg
new-parliament-building-meeting (14).JPG
new-parliament-building-meeting (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ