- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । मुस्ताङमा ढिस्कोले पुरिएर शुक्रबार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १५ का २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङको गढवा गाउँपालिका वडा नं. १ का २३ वर्षीय रवि दर्लामी छन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार घरपझोङ गाउँपालिका वडा नं. ५ ढुम्बामा गुम्बाको नाला खन्ने क्रममा ढिस्को झरेर उनीहरू पुरिएका थिए ।
दुवै शव पोष्टमार्टमका लागि मुस्ताङ जिल्ला अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।