arrow

कृषिप्रधान देशमा सिँचाइको अभाव हुन दिनुहुँदैन : मन्त्री खड्का

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ४ शुक्रबार
deepak-khadka-elected-congress-president-sankhuwasabha.jpg
फाइल तस्बिर

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कृषिप्रधान देशमा सिँचाइको अभाव हुन दिन नहुने बताएका छन् । 

सिँचाइ विभागले नवनियुक्त मन्त्री खड्काको स्वागतमा आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा मन्त्री खड्काले सिँचाइको उचित व्यवस्थापन गरेर कृषि उत्पादनमा जोड दिनुपर्ने धारणा व्यक्त गरे । 

“कृषि क्षेत्रमा कसरी उत्पादन बढाउन सकिन्छ, त्यसको सोच बनाउन जरुरी छ, सिँचाइ नपुगेका ठाउँमा सिँचाइ पुर्याउनुपर्छ”, उनले भने । मन्त्री खड्काले वर्षातमा बाढी र पहिरोका कारण ठूलो क्षति हुने भएकाले त्यसको समाधानमा विभाग चनाखो हुनुपर्ने उल्लेख गरे ।

ऊर्जामन्त्री खड्काले बर्खाको पानीलाई सही सदुपयोग गर्न सके कृषि क्षेत्रमा सहयोग पुग्नसक्ने बताए । उनले कतिपय आयोजना लामो समयसम्म सम्पन्न नभएको भन्दै कार्यान्वयन हुनेगरी आयोजनामा लगानी गर्नुपर्ने बताए ।

मन्त्रालयकी सचिव सरिता दवाडीले देशको आर्थिक विकासको मेरुदण्ड कृषि क्षेत्र भएकाले कृषिलाई अगाडि बढाउन सिँचाइलाई प्राथमिकता दिनुपर्ने बताए । 

उनले १५ लाख ५० हजार हेक्टर जमिनमा सिँचाइको पूर्वाधार विकास भएपनि १० लाख क्षेत्रफलमा पूर्वाधार विकास हुन बाँकी रहेको बताए ।

सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले छ वटा राष्ट्रिय गौरवका आयोजनालाई सिँचाइ विभाग अगाडि बढाएको जानकारी दिए । 

उनले सिँचाइका योजनालाई समयमै सम्पन्न गर्न सके नेपालको सिँचाइ क्षेत्रले फड्को मार्ने उल्लेख गरे ।

विभागले ‘डिप ट्युबेल’मार्फत तीन लाख १८ हजार हेक्टर जमीनमा सिँचाइको व्यवस्था गरेको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ