arrow

लागुऔषधसहित सुभास र प्रकाश पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ५ शनिबार
suvash-prakash.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १८ लामागाँउका ३८ वर्षीय सुभास श्रेष्ठ र पोखरा-४ नालामुख बस्ने वर्ष ४२ का प्रकाश थापा मगर रहेका छन् ।

थापा र मगर दुवैलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा श्रेष्ठलाई साउन ३ गते लामागाउँबाट पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । डीएसपी शर्माका अनुसार श्रेष्ठको साथबाट टापेन्टाडोल ट्रुपेन ट्याबलेस ९ सय ५० चक्की बरामद भएको छ ।

यता, मगरलाई पनि साउन ३ गते बाग्लुङ बसपार्कबाट पक्राउ गरिएको हो । उनको साथबाट टापेन्टाडोल ट्रुपेन ट्याबलेस ९७ चक्की बरामद भएको डीएसपी शर्माले जानकारी दिए ।

पक्राउ परेका दुवै जनाबिरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषधसम्वन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी शर्माले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ