arrow

पर्यटकको नयाँ गन्तब्य कोरी [फोटोफिचर]   

logo
क्षितिज तामाङ,
प्रकाशित २०८१ साउन ५ शनिबार
kori-kaski-tourism-(17).jpg

पोखरा । एक सुन्दर ठाउँ, प्रकृतिको खानी, अझ भनौँ स्वर्गको एक टुक्रा हो कोरी । कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १ मा पर्ने कोरी छोटो पदयात्रा गर्न चाहनेहरुका निम्ति खास गन्तव्य बन्दै गएको छ ।

पछिल्लो समय कोरीको पदयात्रा गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू बढ्दै गएका छन् । सिक्लेसबाट शुरु हुने पहिलो दिनको पैदल यात्रा त्यति सहज भने छैन ।

तर अहिले जलविद्युत उत्पादनका लागि सडक पुगेको हुनाले जीपमा यात्रा गर्न भने सकिन्छ । तर कोरीसम्म भने सडक पुगेको छैन । यहाँको स्थानीयता, भौगोलिक अवस्था, प्रकृति र पर्यावरणदेखि धेरै कुरा अवलोकन गर्दै सिक्लेसको गुरुङ बस्ती, यस समुदायको संस्कार र अन्नपूर्ण संरक्षण क्षेत्रका धेरै विषयको जानकारी लिँदै कोरीको पैदल यात्रा तय गर्न सकिन्छ ।  

सिक्लेसपछिको पहिलो रातको बसाइ भने “तसा खर्क” मा हुन्छ । तसा खर्कको होटलमा अर्को दिनको बिहानको खाजा खाई कोरीतर्फको यात्रा फेरि शुरू हुन्छ ।  

करिब ३ घण्टाको जंगलको यात्रापछि खाना–खाजाको लागि “च्येका ल्हि” मा पुगिन्छ । च्येका ल्हिमा खाना–खाजा खाएपछि भने यात्रामा उकालो बाटोको शुरुआत हुन्छ ।

करिब ३००० देखि ३५०० मिटरको उचाइ चारै तिर मनमोहक दृश्यले थकान भोक सबै हराएको महसुस हुन्छ कोरी पुग्दा । कोरीबाट (६,९८८ मिटर) उचाइको लमजुङ हिमाल, (७,९३७ मिटर) उचाइको अन्नपूर्ण दोस्रो, (६,९९३ मिटर) उचाइको माछापुच्छ्रे हिमाल र (८,१५६ मिटर) उचाइको मनास्लु हिमाल आँखै अगाडि देख्न सकिन्छ । 

जसले जोकोहीलाई पनि मन्त्रमुग्न बनाउने गर्दछ् ।

 तर सो पदयात्रामा राम्रो र व्यवस्थित बासको व्यवस्था नहुँदा भने कुनै कुनै दिन सुत्ने ठाउँ पाउनसमेत मुस्किन हुने गर्दछ । कोरी पदमार्गमा व्यवस्थित बसोबासका लागि होटल लजको सही ब्यवस्थापन गर्न नसक्नु नै प्रमुख समस्या हो ।  

यस्ता कमजोरीहरूलाई हटाई आन्तरिक र बाह्य पर्यटकहरूका लागि बसोबासको उचित व्यवस्था गर्न सके कोरी पदयात्रा मार्ग विश्व कै एक आकर्षक गन्तव्य बन्न कुरामा दुई मत भने छैन ।

कोरी अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने भएकाले यहाँ पैदल यात्रीले धेरै कुरामा भने ध्यान दिनु पर्ने हुन्छ । 

सकेसम्म यात्रीले गाइड लिने वा समूहमा यात्रा गर्ने, पानी, टर्च लाइट, लठ्ठी र न्यानो लुगा बोक्ने, सो क्षेत्र कालो भालु अधिक पाइने हुनाले यात्राको बेला होहल्ला या भालु या कुनै पनि जंगली जनावर नजिस्काउने नै मुख्य रहेका छन् । (नेपाल फोटो लाइब्रेरी)

kori-kaski-tourism (1).jpg
kori-kaski-tourism (2).jpg
kori-kaski-tourism (3).jpg
kori-kaski-tourism (4).jpg
kori-kaski-tourism (5).jpg
kori-kaski-tourism (6).jpg
kori-kaski-tourism (7).jpg
kori-kaski-tourism (8).jpg
kori-kaski-tourism (9).jpg
kori-kaski-tourism (10).jpg
kori-kaski-tourism (11).jpg
kori-kaski-tourism (12).jpg
kori-kaski-tourism (13).jpg
kori-kaski-tourism (14).jpg
kori-kaski-tourism (15).jpg
kori-kaski-tourism (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ