arrow

संसद्मा देउवाले भने : ‘सात बुँदेप्रति एमाले पनि इमानदार बन्ने विश्वास छ’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
share-bahadur-deuba-congress-parliament-2081.jpg

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेस र नेकपा एमालेबीच असार १७ गते भएको सात बुँदे सहमति प्रति आफूहरू इमानदार रहेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वास प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै सभापति देउवाले एमाले समेत उक्त सहमतिप्रति इमानदार हुने विश्वास व्यक्त गरे।

देउवाले सरकार स्थायित्व र विकासका लागि गठन भएको संविधान संशोधन पनि स्थायित्वकै लागि भएको बताए। संविधान निर्माण भएको ८–१० वर्षमा यसबारे पुनरावलोकन गर्नु स्वाभाविक नै भएको उनको भनाइ छ।

उनले संविधान संशोधन हुँदा समावेशितालाई थप समृद्ध र बलियो बनाउने समेत उनले उल्लेख गरे। प्रधानमन्त्री केपी शर्मा ओली लगनशील, मिहिनेत र अध्ययनशील व्यक्ति भएको भन्दै यो सरकारमा सहभागी सदस्यहरू समेत योग्य भएको उनले बताए भन्दै यो सरकारले देशमा विकासको आकाङ्क्षा पूरा गर्ने समेत उल्लेख गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ