arrow

पूर्वमन्त्री रामचन्द्र रायको हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ७ सोमबार
ramchandra-raya-rpp-killed.jpg

काठमाडौँ । पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको अज्ञात समूहले हत्या गरेको छ । सर्लाहीस्थित आफ्नै घरमा सुतिरहेका बेला मध्यराति रायको हत्या गरिएको हो । 

करिब १ बजे सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै निवासमा सुतिरहेको बेला धारिलो हतियार प्रहार गरी हत्या भएको सर्लाही प्रहरीले जनाएको छ । 

उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्यसमेत हुन् । 

घटनास्थलमा अहिले प्रदेश प्रहरी कार्यालय जनकपुरबाट मधेस प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल र सर्लाहीका एसपी रविन्द्रबहादुर सिंह सहितको टोली पुगिसकेको छ । 

उनको हत्या कसले र किन गर्यो भन्ने बारेमा अहिलेसम्म केही खुलेको छैन । प्रहरीले रातिबाटै सीमा सिलबन्दी गरेर अनुसन्धान शुरु गरिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ