arrow

‘स्वाइन फिभर’को जोखिमले किसानले छाडे बङ्गुरपालन 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ७ सोमबार
bangur-palan.jpg

कैलाली । बङ्गुरमा देखापरेको स्वाइन फिभरका कारण जिल्लाका किसानले बङ्गुरपालन छाडेका छन् । व्यावसायिक रूपमा बङ्गुरपालन गर्दै आएका किसानले स्वाइन फिभरको जोखिमले पुनः बङ्गुरपालन गर्न आँट गरेका छैनन् । साना व्यवसायीले समेत बङ्गुरपालन गर्न छाडेका छन् । 

करिब दुई वर्षअघि देखापरेको रोगले व्यवसायीले बङ्गुरपालनमा चासो देखाए पनि फेरि रोग आउने हो कि भन्ने जोखिममा सबैमा उत्तिकै छ । स्थानीयस्तरमा किसान र समूहमा समेत बङ्गुरपालन गर्ने गरेका थिए अहिले त्यो पनि रोकिएको छ । बङ्गुरपालन व्यवसाय कम भएपछि यतिखेर कैलालीमा बङ्गुरको मासु अभाव हुन थालेका छ । एक वर्षअघि प्रतिकिलो रु तीन सय ५० मा पाइने मासु यतिखेर रु पाँच सय पर्न थालेको छ ।

“दुई वर्षअघि रु दुई सय ५० प्रतिकेजीमा बिक्री हुने मासु हाल रु पाँच सयमा बिक्री भइरहेको छ”, मासु विक्रेता राजकिरण चौधरीले भने, “कैलालीमा बङ्गुर नपाएपछि दाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लाबाट खरिद गरेर ल्याउछौँ ।”
 
जिल्लाभन्दा बाहिरबाट बङ्गुर ल्याउँदा मूल्य बढेको चौधरीले बताए । “पहिले मेरो बङ्गुर छ, काटिदिनुपर्यो भनेर किसान आउँथे, हामी मूल्य गथ्र्याैँ, अहिले बङ्गुर मालिकले मूल्य तोक्ने गरेका छन् तैपनि पाइँदैन”, उनले भने, “बाहिरबाट ल्याउँदा महँगोमा बिक्री गर्नुपर्ने बाध्यता छ भने पहिलेजस्तो नाफा पनि छैन ।”

कैलालीको भजनीका जयबहादुर बुढाको करिब दुई वर्षअघि अफ्रिकन स्वाइन फिभरले फार्ममा रहेका चार सय ८२ बङ्गुर मरेपछि पुनः व्यवसाय सुरु गर्ने आँट गर्नुभएको छैन । भजनी नगरपालिका पशु सेवा शाखाले तयार गरेको प्रतिवेदनअनुसार बुढाको मात्र रु ९५ लाख २० हजार बराबरको क्षति भएको हो । 

“बङ्गुरपालनबाट लाखौँ रुपैयाँ क्षति भयो”, उनले भने, “रोग नलागेको भए राम्रै नाफा थियो, एकाएक बङ्गुर मरेपछि थाहा भयो स्वाइन फिभर भन्ने रोग लागेको रहेछ ।” हामीले थाहा नपाएको रोग बेहोर्नुपरेपछि धेरै व्यवसायीको बङ्गुरपालन चौपट भएको बुढाले बताउनुभयो । उनले साना व्यवसायीले समेत बङ्गुरपाल्नुस् भनेपछि नाईनाई भन्ने गरेको बताउनुभयो । फस्टाएको व्यवसाय धरासायी भएपछि यसका बारेमा सरकारले ठोस योजना नबनाएको बुढाले दुखेसो गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ