arrow

लक्ष्यभन्दा बढी मुद्दा फर्छयौट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ८ मंगलबार
lamjung-district-court.jpg
फाइल तस्बिर

लमजुङ । बेँसीसहर नगरपालिका-८ मा रहेको जिल्ला अदालत लमजुङले लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ । अदालतले आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा एक सय पाँचवटा मुद्दा बढी फछ्र्यौट गरेको हो ।

अदालतका श्रेस्तेदार भेषराज पौडेलका अनुसार वार्षिक फछ्र्यौट लक्ष्य पाँच सय ७४ मुद्दा रहेकामा गत आवमा छ सय ७९ फछ्र्यौट गरिएको छ ।

गत आवमा अदालतले लक्ष्यको आधारमा एक सय १८ दशमलव २९ प्रतिशत प्रगति गरेको उनले बताए। एक हजार २४ यथार्थ लगत रहेकामा छ सय ७९ वटा मुद्दा फछ्र्यौट भएको भन्दै वास्तविक लगतको आधारमा ६६ दशमलव ३० प्रतिशत प्रगति भएको जानकारी दिए ।

श्रेष्तेदार पौडेलका अनुसार गत आवमा सात सय ५१ वटा नयाँ मुद्दा दर्ता भएका थिए भने आव २०७९/८० बाट जिम्मेवारी सरेर आएका दुई ७३ गरी एक हजार २४ मुद्दा फछ्र्यौट गर्नुपर्ने थियो ।

जिम्मेवारीबाट सरेर आएका दुई सय ३७ मुद्दा फछ्र्यौट भएका छन् । चालु आर्थिक वर्षमा ३६ मुद्दा सरेर आएका अदालतले जनाएको छ । अदालतका अनुसार नयाँबाट तीन सय नौ मुद्दा सरेको र चालु आवमा तीन सय ४५ वटा मुद्दा टुङ्ग्याउनुपर्ने छ ।

जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलले अदालतका कर्मचारीको लगावका कारण लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट भएको बताए । जिल्ला अदालतले दुई वर्ष बढीका मुद्दा नराख्ने भने पनि प्रमाण जुटाउन नसक्दा दुई वटा मुद्दाको फछ्र्यौट हुन नसकेको उनले जानकारी दिए ।

न्यायाधीश पौडेलले न्याय सम्पादनमा कुनै कमी आउन नदिन आफूसहित कर्मचारीले सधैँ एकआपसमा समन्वय गरी काम गरिरहेका बताए ।

जिल्ला अदालतलाई मुलुककै समयसापेक्ष न्याय सम्पादन गर्ने सूचीमा लैजाने योजनाअनुसार कार्यसम्पदान गरिरहेको उनले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ