arrow

प्रहरी हुँ भन्दै रकम माग्ने युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ८ मंगलबार
sujit-kshetri.jpg

पोखर । कास्की प्रहरीको सूचना अधिकारी हुँ भन्दै सर्वसाधारणसँग रकम माग गर्ने युवक प्रहरी फन्दामा परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरका २१ वर्षीय सुजित क्षत्री छन् ।

प्रहरीका अनुसार उनले ‘म कास्की प्रहरीको सूचना अधिकारी हुँ, तपाईहरुका केही काम काम छ भने भन्नुहोस् गरिदिन्छु’ भन्दै विभिन्न व्यक्तिलाई ह्वाटएप र टेलिग्रामबाट सम्पर्क गरी रकम मागेका थिए ।

विशेष सूचनाका आधारमा आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

पक्राउ परेका उनलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरमा पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको डीएसपी शर्माले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ