arrow

एसिया कप क्रिकेट

जित्नैपर्ने दबाबमा नेपाल, भारतसँग भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ८ मंगलबार
asia-cup-women-nepal-24-7-1.jpg

काठमाडौँ । एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयानुसार साँझ सवा ७ बजेबाट श्रीलङ्काको डम्बुला मैदानमा शुरु हुनेछ ।

समूह चरणको अन्तिम खेलमा नेपालले बलियो प्रतिस्पर्धी भारतको सामना गर्न लागेको हो । भारत समूहमा दुई खेल जित्दै शीर्ष स्थानमा रहेको छ । 

त्यस्तै पाकिस्तान दुईमा एक जित र एक हारसहित समूहमा दोस्रो स्थानमा छ भने नेपाल पनि दुईमा एक हार र एक जितसहित तेस्रो स्थानमा छ । त्यस्तै दुवै खेल हारेको युएई समूहको अन्तिम स्थानमा छ । 

नेपाल अघिल्लो चरणमा प्रवेश गर्नका लागि जित्नुपर्ने दबाब छ । युएईलाई ६ विकेटले हराएको नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ