arrow

पारा ओलम्पिक खेल्ने नेपाली टोली पेरिस जाँदै, कोरियाली दूतावासको सम्मान  

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ९ बुधबार
paraolympic-korean-a,bassy-.jpg

काठमाडौँ । दक्षिण कोरियाली दूतावासले पारा ओलम्पिक २०२४ मा सहभागी हुने नेपाली पारा तेक्वान्दो टोलीलाई सम्मान गरेको छ। आगामी २८ अगस्तदेखि ८ सेप्टेम्बरसम्म आयोजना हुने पारा ओलम्पिकमा नेपाली तेक्वान्दो महिला खेलाडी पलेशा गोवर्द्धन र पुरुष खेलाडी भरत सिंह महतले प्रतिस्पर्धा गर्दैछन् ।

पलेशासहित पारा ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई दक्षिण कोरियाली दूतावासले सम्मान तथा हौसला दिने कार्यक्रम गरेर बिदाई गरेको हो । 

दूतावासमा मंगलबार आयोजित कार्यक्रममा कोरियाली राजदूत पार्क थेयङले खेलाडीका लागि हौसला प्रदान गर्दै विजयको कामना गरेका थिए ।

फ्रान्सको पेरिस जाने टोलीमा प्रशिक्षक कविराज नेगी लामा, टिम मेनेजर रामचन्द्र श्रेष्ठ सहितको टोलीले सहभागीता जनाउने छन् । उक्त टोली बुधबार पेरिस जाँदैछ । 
 
दूतावासले आयोजना गरेको कार्यक्रममा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणालगायत संघका उपाध्यक्ष बनबहादुर चन्द, दूतावासका कर्मचारीको उपस्थिति थियो ।

राजदूत पार्कले खेलाडी तथा प्रशिक्षकलाई सुखद नतिजाको लागि कामना गर्दै खेलको माध्यम बाट नेपालको गरिमा बढाउनका लागि आग्रह गरेका थिए। त्यसैगरी नेपालको खेलकुद क्षेत्रको सहकार्यलाई थप मजबुत बनाउन कोरिया सरकार निरन्तर लाग्ने बताए । 

दक्षिण कोरिया र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठ (स्वर्णजयन्ती) को उपलक्षमा दक्षिण कोरियाली दूतावासले यस वर्ष जनवरी देखिनै विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।  

कोरिया सरकारले नेपालको विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको छ र सहकार्यका क्षेत्रहरुलाई थप बढाउँदै जाने लक्ष्य लिएको बताएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ