arrow

संसदीय समितिद्वारा जहाज दुर्घटनाप्रति शोक प्रस्ताव पारित [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ९ बुधबार
samiti-ramhari-.jpg

काठमाडौँ । संसदीय समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएकोप्रति शोक प्रस्ताव पारित गरेको छ ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा यात्रुहरूको निधन भएको भन्दै शोक प्रस्ताव पारित गरेको हो । 

बैठकले मृतकको परिवारप्रति समवेदना व्यक्त गरेको छ । त्यस्तै उद्धार गरिएको जहाजका पाइलट लगायतका घाइतेहरूको शीघ्र उपचार गर्न पनि ध्यानाकर्षण गराइएको छ । बैठकले घाइतेहरूको सु–स्वास्थ्यको कामना समेत गरेको छ ।

बैठकमा बोल्दै सांसदहरूले जहाज दुर्घटनामा जनधनको क्षति भएको भन्दै दुःख व्यक्त गरेका थिए । उद्धार र घाइतेहरूको उपचारको व्यक्त शीघ्र गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ