arrow

सांसदहरू भएनन् उपस्थित

सांसदको हाजिरी सार्वजनिक गर्न सचिवालयलाई निर्देशन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ९ बुधबार
abdul-khan-04-10.jpg

काठमाडौँ । संसदीय समिति बैठकमा सांसदहरू नियमित रूपमा उपस्थित नभएपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कडाइ गर्ने भएको छ ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले बैठकमा कुन सांसद कति पटक सहभागिता जनाएको विषयमा तथ्याङ्क सार्वजनिक गर्न सचिवालयलाई निर्देशन गरेको छ । 

संसदीय समिति बैठकहरूमा सांसदहरूको उपस्थिति कमी हुने गरेकाले बैठकमा उपस्थिति सार्वजनिक गरी कडाइ गर्न थालेको देखिन्छ । बैठकमा समिति सभापति अब्दुल खानले ३७ वटा समिति बैठकमा कुन सांसद कति पटक सहभागिता जनाएको हो त्यसको तथ्याङ्क सार्वजनिक गर्न सचिवालयलाई निर्देशन दिए । 

उनले पछिल्लो समय समितिमा धेरै विधेयकहरूको विषयमा छलफल गर्नुपर्ने भए पनि सांसदहरूको उपस्थिति कमजोर रहेकाले बैठकमा सहभागिता भएको तथ्याङ्क सार्वजनिक गरिने बताए । 

उनले समिति बैठकमा सांसदहरूको सहभागितालाई नियमित गराउनको लागि ३७ बैठकमा कुन सांसद कति वटा बैठकमा सहभागिता भएको तथ्याङ्क सचिवालयको वयवसाइटमा सार्वजनिक गर्न सचिवालयलाई निर्देशन गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ