arrow

केन्द्रले हस्तक्षेप गरेर निरंकुशता देखाएको भन्दै  लुम्बिनी सभापति पुनले देउवालाई लेखे चेतावनीसहितको पत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ९ बुधबार
nepali-congress-flag.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । लुम्बिनीप्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट मन्त्री छनोट गर्दा केन्द्रले हस्तक्षेप गरेसँगै लुम्बिनी सभापति अमरसिंह पुनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

उनले व्यक्ति छनोट प्रक्रियाका सन्दर्भमा कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिलाई पूर्णरुपले बेवास्ता गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको पत्र केन्द्रीय सभापति शेरबहादुर देउवालाई पठाएका हुन् । 

पत्रमा संघीयता एवं समावेशीताको मर्म र पार्टीको विधानअनुसार प्रदेश पार्टीको अन्तरसम्बन्ध, अन्तरसमन्वय र सहअस्तित्वमा सरकार गठन गर्नुपर्ने प्रावधानलाई कुल्चिदै आएकाले उक्त निरंकुश कार्यशैलीले पार्टीको प्रदेश संरचना कमजोर बन्ने ठहर गरेको उल्लेख छ । 

उक्त निर्णयलाई पुनःविचार गर्नसमेत सभापति पुनले आग्रह गरेका छन् । अन्यथा वैधानिक प्रक्रिया विरुद्ध गरिएको यस कार्यबाट असन्तुष्ट जिल्लाका नेताहरुसँग बृहत् छलफल गरी यथोचित निर्णयमा पुग्न बाध्य हुने चेतावनीसमेत दिइएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ