arrow

चार सदस्य रहेको एजेण्डा निर्धारण उपसमिति गठन 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १० बिहिबार
rajyabewasta-smiti-03-17.jpg

काठमाडौँ । प्रतिनिधिसभा, राज्यव्यवस्था समितिले समितिमा रहेका विधेयक र अन्य विषयका सम्बन्धमा प्राथमिकता निर्धारण गर्न चार सदस्य रहेको एजेण्डा निर्धारण उपसमिति गठन गरेको छ ।

समितिको बुधबारको बैठकले सदस्यहरु दीलेन्द्रप्रसाद बडू, रघुजी पन्त, हितराज पाण्डे र चन्दा कार्की रहनुभएको उपसमिति गठन गरेको हो । 

समितिमा हाल भ्रष्टाचार निवारण, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्माण सामग्री उत्पादनजन्य र सङ्घीय निजामतीसम्बन्धी चार विधेयक विचाराधीन छन् । समिति सभापति रामहरि खतिवडाले प्राप्त विधेयकलाई सरल, सहज र छिटोछरितो ढङ्गबाट टुङ्ग्याउन सदस्यसँगको परामर्शमा उपसमिति गठन गरेको बताए ।
 
उनले भने, “समितिमा प्राप्त चार विधेयकमध्ये भ्रष्टाचार न्यूनीकरणसम्बन्धी विधेयकलाई अघि बढाउने सहमति भएको छ । अब यसलाई चाँडै अघि बढाउँछौँ ।” 

समितिले मुलुकको वर्तमान शान्तिसुरक्षाको अवस्था तथा मनसुनजन्य बाढी, पहिरो, डुबान र सडक दुर्घटनाबारे जानकारी लिन गृहमन्त्रीलाई समितिमा आमन्त्रण गरेकामा सौर्य एयर लाइन्सको जहाज दुर्घटना भएका कारण उपस्थित भएनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ