arrow

आईकाओको रिपोर्ट एक हप्ताभित्र समितिमा पेस गर्न मन्त्रीलाई निर्देशन [भिडियो]

ईयूको कालो सूचीबाट नेपाल नहट्नु पछाडिको कारण र त्यसमा क–कसको चलखेल भएको हो स्पष्ट तथ्य पेस गर्न समेत निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १० बिहिबार
rajkishor-04-10.jpg

काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आईकाओको रिपोर्ट एक हप्ताभित्र समितिमा पेस गर्न निर्देशन दिएको छ ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले मन्त्रीलाई यस्तो निर्देशन दिएको हो । समिति बैठकमा बोल्दै समिति सभापति राजकिशोर यादवले मन्त्री पाण्डेलाई सन् २०२२ को रिपोर्ट एक हप्ताभित्र आईकाओको रिपोर्ट समितिमा पेस गर्न निर्देशन दिए । 

उनले समितिको अर्को बैठकमा मन्त्री उपस्थित हुँदा समितिले दिएका सम्पूर्ण निर्देशन लिखित रूपमा ल्याउन सभापति यादवले निर्देशन दिए । उनले प्राधिकरण टुक्राउने विधेयक कहाँ कस्तो अवस्थामा रहेको हो ? सो बारेमा समितिलाई जानकारी उपलब्ध गराउन पनि निर्देशन दिए । 

उनले कोरिया जाने नेपाली कामदारको आउजाउमा कोरियन एयरलाइन्सको विकल्प लगायतका विषयमा आगामी बैठकमा कार्ययोजनासहित उपस्थित हुन मन्त्रीलाई निर्देशन दिए । उनले यति एयरलाइन्स दुर्घटनाको छानबिन रिपोर्ट अर्को बैठकमा उपलब्ध गराउन निर्देशन दिए । उनले ईयूको कालो सूचीबाट नेपाल नहट्नु पछाडिको कारण र त्यसमा क–कसको चलखेल भएको हो स्पष्ट तथ्य पेस गर्न समेत निर्देशन दिए ।

उनले भने,‘आईकाओको प्रतिवेदन समितिलाई पठाउन पर्यटन मन्त्रालयलाई पत्र नै लेखेको छ । अब समितिले पत्र लेख्न नपरोस् । अबको एक हप्ताभित्र समितिलाई प्रतिवेदन उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन गर्दछु । प्राधिकरण विधेयक कहाँ छ । कुन अवस्थामा छ । मन्त्रीको पहल कदमीमा मन्त्रीपरिषद्बाट सदनमा आउन सक्छ की सक्दैन । मन्त्रीलाई प्राधिकरण विधेयकमा समस्या भयो । समितिलाई जानकारी गराउनुस् प्रधानमन्त्रीसँग कुरा गर्नुपरे पनि समितिले कुरा गर्नेछ । अर्को बैठकमा आउँदा उक्त विधेयकको विषयमा सही जानकारी गराउनुपर्‍यो । ईयू सेफ्टिलिस्टको विषयमा डेढ वर्ष भयो । अब हामीले रिजल्ट हेर्ने हो । अर्को बैठकमा आउँदा ईयू सेफ्टिलिस्टमा कति दिनमा हामी च्यानपेन हुन्छौँ । तयार गरेर आउन मन्त्रीलाई निर्देशन गर्दछु । कोरियन एयरलाइन्सको विषय दुई देशको कुरा हो । कोरियन एयरलाइन्स नेपाल आउने तर नेपाली एयरलाइन्स कोरिया जान केके गर्नुपर्छ । नेपालको जहाज कोरिया कसरी जाने त्यो सम्बन्धी केके गर्नुपर्छ र मैले यसरी का गदैछु भन्ने कार्ययोजनासहित आउन मन्त्रीलाई निर्देशन गर्दछु । पोखरामा दुर्घटना भएको यति एयरलाइन्स विमानको छानबिन आयोगले दिएको प्रतिवेदन समितिलाई उपलब्ध गराउन निर्देशन गर्दछु । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र पसलहरू राख्ने दिएको सम्झौताहरू एक हप्ताभित्र समितिलाई उपलब्ध गराउन निर्देशन गर्दछु ।’  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ