arrow

कीर्तिपुर मैदान निर्माणबारे त्रिविका उपकुलपति, रेक्टर र रजिष्टारसँग प्रधानमन्त्रीको छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १० बिहिबार
oli-tu-ground-flood-light.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा रंगशाला निर्माण गर्न जग्गाका बारेमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिष्टारसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिष्टारसँग कीर्तिपुरस्थित क्रिकेट मैदानमा रंगशाला निर्माण गर्नको लागि लिजमा जग्गा उपलब्ध गराउने विषयमा छलफल गरेका हुन् । छलफलमा सिनेट बैठक र ग्रेसलिष्टको विषयमा पनि कुराकानी भएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले असार ३१ गते आफू नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले ३०० दिनमा कीर्तिपुरस्थित क्रिकेट स्टेडियममा फ्लड लाइट जडान र पारापिटको निर्माण गर्ने निर्णय गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ