arrow

गढीमा तीन वटा चितुवा मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
leopard-killed-80-11-11.jpg

धादिङ । धादिङको थाक्रे गाउँपालिका–१० गढीमा तीन वटा चितुवा मृत फेला परेको छ ।

गढीस्थित अदुवाबारीमा दुई वटा र मकैबारी एक वटा चितुवा मृत अवस्थामा बिहीबार भेटिएको हो । घाँस काट्न गएको बेला स्थानीयले देखेर खबर गरेपछि प्रहरीसहित टोली आफू घटनास्थलमा पुगेको वडा नम्बर १० का वडाध्यक्ष गोकुल लामिछानेले जानकारी दिए ।

मृत अवस्थामा फेला परेको चितुवा बैरेनी सवडिभिजन वन कार्यालयलाई बुझाइएको छ । थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ