arrow

लक्ष्मी सनराइज बैंकले ब्रान्ड फिल्म 'बचतको सम्मान र सही लगानी' प्रस्तुत गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
laxmi-sunrise-81-4-11.jpg

काठमाडौँ । लक्ष्मी सनराइजले आफ्नो नयाँ ब्राण्ड फिल्म ‘हाम्रो बचतको सही लगानी’ सार्वजनिक गरेको छ । २ मिनेट २० सेकेन्डको यस फिल्मले बैंकमा जम्मा हुने हरेक सानादेखि ठूला बचतले कसरी देशको उज्ज्वल भविष्यमा योगदान पुर्याउँछ भन्ने कुरा भावनात्मक रूपमा दर्शाएको छ ।  

खुत्रुकेदेखि समुन्नतिसम्मको यात्रा अन्तर्गत फिल्मको पहिलो दृश्यमा एक बालिका आफ्नी आमाबाट बचत गर्न प्रेरित भएकी देख्न सकिन्छ । उनले जम्मा गरेको जस्तै स-साना बचत मिसिएर जलविद्धधुत जस्ता ठूला परियोजनाहरुमा लगानी भइ कुनै दुर्गम क्षेत्रमा एक विद्यार्थीले बिजुलीको प्रकाशमुनि पढ्न पाउँदछ । 

लक्ष्मी सनराइज बैंकमा गरिएको बचतले कसरी परिवार, व्यवसाय र समग्रमा समुदायलाई सशक्त बनाउँदै साझा समृद्वितर्फ अघि बढाउँछ भनेर यस दृश्यले देखाएको छ ।

बैंकमा विश्वासका साथ जम्मा भएको रकम बैंकले ठूला परियोजना मात्र नभई साना परियोजनाहरुलाई पनि प्राथमिकता दिँदै विभिन्न कर्जाहरु प्रवाह गर्ने बैंकले जनाएको छ । 

यस्ता कर्जाहरुले कुनै किसानको बाली फस्टाएको, कुनै उद्यमीको व्यवसाय सफल भएको तथा कुनै इलमीको नयाँ उद्यमको सुरुवातका कथाहरु पनि यस फिल्ममा समेटिएको छ । 

यस फिल्ममार्फत बैंकमा बचत गर्न किन जरुरी छ, बैंकमा गरिएको बचत कहाँ-कहाँ प्रयोग हुन्छ र यसले देश विकास तथा उद्यमीहरुको प्रवर्द्वनमा कस्तो र कसरी भूमिका खेल्दछ भन्ने देखाइएको छ; र बचत गर्नु हुने बैंकका ग्राहकहरु नै देशको समृद्धिको सारथी भएको कुरा प्रतित गराइएको छ ।

तसर्थ यस फिल्मले बचत तथा बैँकिङलाई साझा समृद्वितर्फको यात्राको रूपमा पुन: परिभाषित गर्ने लक्ष्मी सनराइजको प्रतिबद्वतामा सहभागी हुन सबैलाई प्रेरित गर्ने पनि बैंकले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ