arrow

गोरखाको धार्चेमा पहिरो

घाइतेको हेलिकप्टरबाट उद्धार, एकै परिवारका तीनसहित पाँच जनाको खोजी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १३ आइतबार
gorkha-dharchey-pahiro.jpg

काठमाडौँ । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङलास्थित रेसेगाउँमा आइतबार बिहान  गएको पहिरोमा परी गम्भीर घाइते भएका दुई जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ।

घाइतेलाई स्थानीयले उद्धार गरी हेलिकोप्टर मार्फत काठमाडौंको टिचिङ अस्पताल ल्याइएको छ । कैलाश एयरको हेलिकप्टर मार्फत घाइते ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय खम बहादुर गुरुङलाई उपचारको लागि काठमाडौं ल्याइएको हो ।

पहिरोमा परी एकै घरका तीन जनासहित पाँच जनाको खोजी कार्य भइरहेको छ  । बेपत्ता हुनेहरूमा ३७ वर्षीय जीत बहादुर गुरुङ, जीत बहादुर गुरुङको श्रीमती ३५ वर्षीय कान्छी गुरुङ, जीत बहादुर गुरुङको बुबा ६० वर्षीय सुलाल कान्छा गुरुङ,  ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियार रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ