arrow

कांग्रेस–एमालेबीच केन्द्रकै मोडल कोशीमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १३ आइतबार
deuba-oli-81-3-28w.jpg
तस्बिर – फाइल ।

विराटनगर । कोशी प्रदेशमा सत्ता भागबण्डाको विषयमा नेपाली कांग्रेस र एमालेबीच केन्द्रकै मोडलमा सहमति भएको छ । 

सत्ता साझेदार दल एमाले र कांग्रेसबीच भएको सहमति अनुसार कांग्रेसले ४ मन्त्री र एक राज्यमन्त्री लिने र एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिने सहमति भएको हो ।

काठमाडौँमै भएको बैठकले केन्द्रमा केपी शर्मा ओली प्रधानमन्त्री रहुन्जेल कोशीमा वर्तमान मुख्यमन्त्री हिक्मतबहादुर कार्कीनै मुख्यमन्त्री रहने र शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कोशीमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

त्यस्तै बैठकले मुख्यमन्त्री र मन्त्रीका अलावा प्रदेश सभामा रहने संसदीय समितिमा पनि बराबर भागबन्डा गर्ने सहमति गरेको छ । ७ वटा संसदीय समितिमध्ये २ दलले ३–३ वटा लिने र सार्वजनिक लेखा समिति प्रतिपक्षीलाई दिने सहमति भएको छ ।

सहमति अनुसार अब छिट्टै कांग्रेस सरकारमा जाने भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ