arrow

अझै भेटिएनन् पहिरोमा बेपत्ता एकै परिवारका तीनसहित पाँच जना 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १४ सोमबार
gorkha-dharchey-pahiro.jpg

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा पहिरामा परी बेपत्ता भएका अझैसम्म पनि भेटिएका छैनन् । गए राति भीषण पहिरामा बेपत्ता भएकाहको खोजी शुरु भएको करिब १३ घण्टासम्म पनि बेपत्ता पाँचै जना नभेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

‘‘बेपत्ताको खोजीका लागि घटनास्थलमा डोजरको प्रयोग गरिएको छ, उनले भने, ‘‘अहिलेसम्म कोही पनि फेला परिसकेको अवस्था छैन ।’’ पहिराले घर गहिरो गरी पुरिएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भएको उनले बताए । 

पुरिएको घर आसपास ठाउँ र भित्तामा खोतल्ने काम भइरहेको डिएसी श्रेष्ठको भनाइ छ । खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी खटिएका छन् ।

पहिरोमा परी धार्चे–५ सिङ्लाका ३५ वर्षीय दिलीप गुरुङ र ट्र्याक्टर चालक छमबहादुर गुरुङ घाइते छन् ।  पहिरोले घर बगाउँदा जितबहादुरको परिवारका ३ सहित ५ जना बेपत्ता छन्। पहिरोमा बेपत्ता हुनेमा ३७ वर्षीय जितबहादुर, उनकी श्रीमती ३५ वर्षीया कान्छी गुरुङ, उनका बुबा ६० वर्षीय सुलाल कान्छा, सिङ्लाका ३३ वर्षीय रमेश गुरुङ र ट्र्याक्टर चालक २४ वर्षीय रमेश परियार रहेका छन्।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ