arrow

आवश्यक नियमन नहुँदा सहकारीमा बचत दुरुपयोग भएको सरोकारवाला निकायको सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १४ सोमबार
surya-thapa-81-4-7.jpg

काठमाडौँ ।  सहकारी संस्थाहरूको उचित नियमन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।आइतबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिमा नियमन नगरे सहकारी बन्द गर्नुपर्ने अवस्था आउन सक्ने सरोकारवालाले बताएका हुन् । 

छलफलबारे जानकारी दिँदै सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारी संस्थाहरूको आवश्यक नियमन नहुँदा सहकारीमा बचत दुरुपयोग भएको सरोकारवाला निकायहरूले बताएको जानकारी गराए । 

बैठकमा सहकारी क्षेत्रको लेखा परीक्षणको क्रममा देखिएका समस्या, बचत दुरुपयोग र ठगीको बारेमा लेखा परीक्षण र लेखापरीक्षकको भूमिकाका बारेमा कानूनी प्रबन्ध र गर्नुपर्ने सुधारको विषयमा छलफल भएको संयोजक थापाले बताए । सहकारीको चार्टर्ड एकाउन्टेन्टले लेखा परीक्षण गर्ने तर हस्ताक्षर रजिस्टर्ड लेखापरीक्षकले गर्दा  हस्ताक्षरकर्तालाई लेखा परीक्षणको अवस्था थाहा नहुने र लेखा परीक्षण गर्नेको हस्ताक्षर नहुने बेथिति अन्त्य गर्न पनि जोड दिइएको बताए । 

उनले भने, ‘नियमन राम्रो नगर्ने हो भने सहकारी नै बन्द गर्नुपर्छ भनेर केही साथीहरूले भन्नुभएको छ । नियमन नहुँदा नै सहकारीमा बचत दुरुपयोग भएको अवस्था सिर्जना भएको कुरा राख्नुभयो । व्यक्ति भन्दा प्रवृत्तिमा समस्या छ । पद्धतिमा समस्या छ । सहकारीमा सिए, आरएहरुलाई सकेसम्म अडिट गर्न नपरे हुन्थ्यो भन्ने किसिमको मानसिकता छ भन्ने कुरा राख्नुभयो । सिएहरुमा अडिटको काम गर्ने र आरएहरुले हस्ताक्षर गर्ने । जसले लेखा परीक्षण गर्छ उसको हस्ताक्षर नहुने, जसले हस्ताक्षर गरेको हुन्छ, उसले लेखा परीक्षण नगर्ने खालका समस्या छन् । यी समस्यालाई कसरी समाधान गर्ने ? कसरी यो क्षेत्रलाई व्यवस्थित गर्ने ? ऐन, कानूनको अधिनमा रही गरेको काम अन्यथा हुँदैन, ऐन, कानून विपरीतका कुनै काम भएका भए नियामक संस्थाका रूपमा आइक्यानले आफ्ना सदस्यहरूलाई पनि अनुशासन, आचारसंहिता भित्र राख्नुपर्छ भन्ने कुरा भएका छन् । लेखा परीक्षणको क्षेत्रमा रहेका विद्यमान समस्याका बारेमा सहकारी संस्थाहरू आफैँ, शेयर सदस्यहरू, पदाधिकारी, व्यवस्थापकले, लेखा परीक्षकले केके कुरामा ध्यान दिने ? संस्थाले आन्तरिक रूपमा के ध्यान दिने ? आन्तरिक लेखा परीक्षण र एकाउण्टिङको आधारमा लेखा परीक्षण गर्नुपर्छ भन्ने सन्दर्भमा छलफल भएको छ । हामीले सहकारी क्षेत्रको अडिट गरेका, लेखा परीक्षण गरेका चार्टर एकाण्टेनहरुलाई व्यवस्थित र लिखित रूपमा सुझाव दिन उनहरूलाई आग्रह गरेका छौँ ।’

उनले सहकारी क्षेत्रमा रहेका विद्यमान समस्या समाधानका लागि सहकारी संस्था, शेयर सदस्य, पदाधिकारी, व्यवस्थापक, लेखा परीक्षकले विशेष ध्यान दिनुपर्ने बताए । आइतबारको बैठकमा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका अध्यक्ष प्रविणकुमार झा,  पूर्वअध्यक्ष युद्धराज ओली, उपाध्यक्ष निलबहादुर सारू, प्राविधिक निर्देशक किरणकुमार खत्री, एक्यान अध्यक्ष अरुण राउत,चार्टर्ड एकाउन्टेण्टहरुसँग छलफल गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ