- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद कुसुम थापामगरको एकल उम्मेदवारी दर्ता परेको छ ।
संसदीय समिति अन्तर्गतको उक्त समितिको सभापतिका लागि सांसद थापामगरको प्रस्तावकमा कांग्रेस सांसद बीरबहादुर बलायर र समर्थकमा एमाले सांसद सूर्यप्रसाद ढकाल रहेका छन् ।
यसअघि समिति सभापति रहेकी डा, आरजू राणा देउवा परराष्ट्रमन्त्री भएपछि कृषि समितिको सभापति पद खाली भएको थियो । एकल रुपमा उम्मेदवारी परेपछि सांसद थापा निर्विरोध सभापति चयन भएकी छिन् ।
कांग्रेसको समानुपातिक सांसद रहेकी थापा पार्टी महामन्त्री गगन थापानिकट नेतृ हुन् ।