arrow

भ्रष्टाचार पनि आफैँले, फाइल पनि आफैँले खोलेको स्विकार्न रविको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १५ मंगलबार
ravi-lamichhane-80-12-06.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका प्रकरणहरू खोलेको जस आफूलाई नचाहिने बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै फाइलहरू पनि आफैँले खोलेको र भ्रष्टाचार पनि आफैँले गरेको हो भनेर स्विकार्न आग्रह गरे । 

उनले ३० वर्षमा भएका भ्रष्टाचारका काण्डहरू आफूले पुनः खोल्ने काम मात्रै गरेको बताए । उनले ज्युँदै रहेको फाइललाई गाड्ने प्रयास अहिलेको सरकारले गरेको आरोप लगाए । 

उनले भने, ‘हिजो भर्खरै यहाँ कुराहरू चल्यो, फाइल त हामीले खोलेका हौँ, तिमी रुलै खोलेकै होइनौँ भन्नेकुराहरु आए । ठिक छ, तपाईँहरूले नै खोल्नुभएको हो, हामीलाई जस चाहिएको पनि होइन । काण्डहरू पनि हामीले नै गरेका हौँ पनि भनिदिएको भए राम्रो हुन्थ्यो । ३० औँ वर्षमा यी काण्डहरू पनि आफैँले गरेको हो भनिदिए राम्रो हुन्थ्यो । फाइल तपाईँले नै खोल्नुभएको हो । तर बन्द नहुँदै ज्युँदै रहेको फाइललाई गाड्ने प्रयास गरे । जुन फाइलमा प्राण थियो । त्यो प्राण बाँकी रहेको फाइललाई रिओपन गर्ने कोसिस गरेका हौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ